Logo

प्याब्सकको आयोजनामा सातौँ संस्करणको ‘प्याब्सक कप-२०२२’ फुटसल हुने
दक्ष खबर

dakshya khabar १८ मंसिर २०७९, आईतवार १८:४२ मा प्रकाशित

काठमाडौं,मंसिर १८ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ प्याब्सकको आयोजनामा सातौँ संस्करणको ‘प्याब्सक कप-२०२२’ फुटसल आयोजना हुने भएको छ ।

काठमाडौंको भाटभटेनी फुटसल ग्राउन्डमा आगामी २० र २१ गते ‘प्याब्सक कप-२०२२’ आयोजना हुने संयोजक राजु पुडासैनीले जानकारी दिनुभयो ।

फुटसलमा काठमाडौँ भित्रका विद्यालयबाट ३२ वटा टिम सहभागी हुने छन् । फुटसल प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई नगद सहितप्रमाण पत्र र मेडल प्रदान गरिने भएको छ । प्रतियोगितामा वेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार समेत वितरण गरिने प्याब्सकले जनाएको छ ।

०६१ सालमा स्थापना भएको संस्थाले विगतदेखि नै विभिन्न शैक्षिक कार्यक्रम संचालन गर्दै आएको प्याब्सकका अध्यक्ष गेन्द्र लामाले बताउनुभयो ।

विद्यार्थीहरुको वौद्धिक क्षमतामा अभिवृद्धि गर्न र विद्यालयबीचका विद्यार्थीहरुमा आत्मियताको भावना जागृत गर्न फुटसल कप आयोजना गरिएको प्याब्सकका महासचिव राजन श्रेष्ठले बताउनुभयो । जितको लागि मात्र नभएर हारको लागि पनि विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी गराउनु पर्ने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरू सहभागी रहने छन् । प्रतियोगिताका खेलहरू नकआउटको फर्म्याट अनुसार अगाडि बढ्ने छ ।

'प्याब्सक कप-२०२२' प्याब्सक

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार