Logo

गोकर्णेश्वर नगरपालिका प्रथम मेयर कपको उपाधी छहारी युवा क्लबलाई
दक्ष खबर

dakshya khabar २८ पुष २०७९, बिहीबार २३:४१ मा प्रकाशित

काठमाडौँ,पुस २८ । गोकर्णेश्वर नगरपालिका प्रथम मेयर कप नगर स्तरीय रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिताको उपाधी छहारी युवा क्लबले हातपारेको छ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा उर्जावान युवा क्लब गोकर्णेश्वर-८ को संयोजकत्वमा सम्पन्न प्रतियोगिताको उपाधि छहारी युवा क्लबले जितेको हो ।

खेलमा छहारी युवा क्लबले उर्जावान युवा क्लबलाई ४-० गोलअन्तरले पारजित गर्दै उपाधि जितेको हो । जित संगै छहारी युवा क्लबले नगद २५ हजार सहित रनिंङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने, उप विजेता उर्जावान युवा क्लबले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको हो ।

प्रतियोगितामा म्यान अफ द म्याच छहारी युवा क्लबका अभय राना भएका थिए । प्रतियोगितामा उत्कृष्ट गोल रक्षकका रूपमा छहारी युवा क्लबका खेलाडी निसान मगर रहेका थिए । भने, उत्कृष्ट खेलाडीमा रूपमा गोकर्णेश्व फुटबल क्लबका सागर तामाङ रहेका थिए । प्रतियोगितामा फेयर टिमको उपाधि जोरपाटी फुटसलले पाएको थियो ।

प्रतियोगिताका विजेता तथा उप विजेता सहित उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका सभापति संजय लामा, प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल सहित विशिष्ट अतिथि उप प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर प्रवक्ता एवम् गोकर्णेश्वर-५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा-८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा-६ का वडा अध्यक्ष नवराज लामा लगायतले सम्मान गर्नुभएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाललाई १ सय ११ के.जीको मालाले स्वागत तथा सम्मान
https://dakshyakhabar.com/archives/51759

गोकर्णेश्वर नगरपालिका छहारी युवा क्लब

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार