Logo

गोकर्णेश्वर मेयर कप नगर स्तरिय फुटसल प्रतियोगिताको मेयर रिसालद्वारा समुद्धाटन
दक्ष खबर

dakshya khabar २६ पुष २०७९, मंगलवार ११:४२ मा प्रकाशित

काठमाडौं,पुस २५ । गोकर्णेश्वर मेयर कप नगर स्तरिय फुटसल प्रतियोगिताको उद्धाटन भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले कार्यक्रमको समुद्घाटन गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा उर्जावान युवा क्लव गोकर्णेश्वर-८ को संयोजकत्वमा गोकर्णेश्वर नगरपालिकामा प्रथम मेयर कप नगर स्तरीय रनिंङ सिल्ड फ़ुटसल प्रतियोगिताको शुरुवात भएको हो ।

नगर प्रमुख दिपक कुमार रिसालले,’नगरपालिकाले खेलकुदको बिकासका लागि धेरै काम गरिरहेको जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा एउटा स्टेडियम र कवर्ड हल निर्माण गर्नको लागि आफु लागि परेको जानकारी दिदैँ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।’

पहिलो उद्घाटन खेल ओख्रेनी युवा क्लब र क्यामसाङ युवा क्लब बीच भएको थियो । उक्त खेलमा क्यामसाङ युवा क्लबले ओख्रेनी युवा क्लबलाइ पराजित गरेको छ । अत्तरखेल युवा क्लब र र जया स्पोर्ट्स क्लब बीचको खेलमा जया स्पोर्ट्स क्लब बिजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाको अध्यक्षतामा प्रतियोगिताको शुरुवात भएको हो । समारोहमा विशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा-८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा-९ का वडा अध्यक्ष राजीव थापा, नेपाली कांग्रेस गोकर्णेश्वर इकाई ४ का सभापति ज्ञानकुमार श्रेष्ठ,आयोजक संस्थाका पदाधिकारी सहित खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सद्भाव कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा नगरपालिका भित्र रहेका क्लबशरू, फुटसलप्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा नगरपालिका भित्रका कुल २१ वटा टिमले सहभागिता जनाएका छन् ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाइ नगद २५ हजार र द्वितीय हुनेलाई १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने, उत्कृष्ट खेलाडीलाइ ट्रफी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

गोकर्णेश्वर मेयर कप नगर स्तरिय फुटसल प्रतियोगिता

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार