Logo

क्षमापूजासहित जयवागेश्वरी मन्दिर आजदेखि सर्वसाधारणका लागी खुल्ला (तस्विरसहित)
दक्ष खबर

dakshya khabar २० माघ २०७९, शुक्रबार २२:४५ मा प्रकाशित

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि आज क्षमापूजासहित प्राण प्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । सर्वसाधारणका लागि मन्दिर खुला गर्ने क्रममा आजै कन्याकुमारी र त्रिदेवीको पनि पूजा गरिएको थियो ।


विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर साढे सात वर्षपछि पुनःनिर्माण सम्पन्न भएको हो ।

तीन करोड १४ लाख लागतमा जयवागेश्वरी मन्दिर पुनःनिर्माण भएको हो । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनःनिर्माण गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रका सम्पदामध्ये जयवागेश्वरी महत्त्वपूर्ण संरचना हो ।


'जयवागेश्वरी मन्दिर'

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार