Logo

विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि बौद्ध इन्टरनेशनललाई
दक्ष खबर

dakshya khabar २३ माघ २०७९, सोमबार १८:५२ मा प्रकाशित

काठमाडौँ । नवौँ संस्करणको विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि बौद्ध इन्टरनेशनलले जितेको छ । शनिबार विद्या संस्कार स्कुलको खेल मैदानमा भएमा खेलमा बौद्ध इन्टरनेशनलले न्यु इरा स्कुललाई पराजित गर्दै बौद्ध इन्टरनेशनल प्रथम भएको हो ।

बौद्ध इन्टरनेशनलले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता न्यु इराले नगद १० हजार सहित, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

कुल १२ टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा फास्टर गोल काष्टमण्डपका सन्तोष न्यौपाने, मस्ट इम्प्राईजिंग प्लेयर डाफोडिलका उत्तम कुमार लामा, वेष्ट प्लेयर बौद्ध इन्टरनेशनलका दुर्गा लाल श्रेष्ठ, हाईयर स्कोरर रविन्द्र सिलाकार, दुर्गालाल श्रेष्ठ, अनिल गुरुङ, उत्कृष्ट गोल रक्षक किपर विद्या संस्कारका रुबिन श्रेष्ठ, फेयर प्ले टिम डाफोडिल भएको छ ।

जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्यासंस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टीम र खेलाडीलाई बागमती प्रदेश सभा सदस्य बिमल ठकुरीले पुरस्कार वितरण गरेका थिए ।

बौद्ध इन्टरनेशनल

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार