काठमाडौँ । नेपाल वेदविद्याश्रमका छात्र विजय तिमल्सिनाले ५१,१११ राशिकाे पुरस्कार हात परेका छन् । तिमल्सिनाले ५ हजार भन्दा बढि विद्यार्थीहरू बिच भएको परीक्षामा उतिर्ण भई गोलाप्रथा मार्फत् नाम छान्दा प्रथम भएका हन् ।
राष्ट्रिय स्वयं सेवक सङ्घद्वारा उपत्यकाव्यापी रूपमा टुँडिखेलमा आयोजना गरिएको ‘विवेकानन्द संस्कृति ज्ञान परीक्षा-२०७९’ मा प्रथम भई ५१,१११ रूपैयाँ राशिको पुरस्कार हात पारेका हुन् ।
कक्षा १० मा अध्यायनरत छात्र विजय तिमल्सिना सहित सोही विद्यालयका प्रोत्साहन पुरस्कारस्वरूप १,१११ प्राप्त गर्ने छात्रहरू उत्सव ढुङ्गाना, पर्वत पौडेल, हरि प्रसाद नेपाल, उत्तम भट्टराई, सुद्युम्न पौडेल, अमन आचार्य, पङ्कज विनाडि, गौरव आचार्य, धनराज गौतम र दिवाकर काेइराला रहेका छन् ।
विजय तिमिल्सिना विवेकानन्द संस्कृति ज्ञान परीक्षा
लोकप्रिय समाचार



