Logo

क्रिस्टियानो रोनाल्डो बने युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता

dakshya khabar २ असार २०७८, बुधबार ००:४२ मा प्रकाशित

काठमाडौं,असार १ । पोर्चुगलका चर्चित स्ट्रार कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिप (युरो) का सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छ ।

समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले हंगेरीमाथि ३-० गोलको जित हासिल गरे सँगै रोनाल्डोले दुई गोल गरेका हुन ।

राफा सिल्भामाथि विली ओर्बानले १८ यार्ड बक्सभित्र फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले कीर्तिमानी गोल गरेका हुन । यस अघि यो कीर्तिमान फ्रेन्च लिजेन्ड माइकल प्लाटिनी र रोनाल्डको कै नाममा थियो । तर, अब यो कीर्तिमान ११ गोलमा पुगेको छ र रोनाल्डोको एकलौटी कीर्तिमान बनेको छ ।

प्लानटिनीले १९८४ मा भएको युरोपियन च्याम्पियनसिपमा एकै संस्करणमा ९ गोल गरेका थिए ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार