काठमाडौँ । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा तिनकुनेस्थित लोयोला माध्यमिक विद्यालयले खेलकुद सप्ताह सहित ‘पिस म्याराथन’ को आयोजना गरेको छ ।
विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रमका बिच खेलकूद सप्ताहको उमुद्घाटन समारोह सम्पन्न गरिएको हो ।
कार्यक्रमका सभापति एवम् विद्यालयका प्रधानाध्यापक रमेश पनेरूले विद्यालयमा अध्ययन अध्यापन बाहेकका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दा विद्यार्थीको सर्वाङ्गिण विकास हुने र सृजनशीलतामा पनी वृद्धि हुने हुदाँ हामिले वार्षिक रुपमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने आईरहेको बताउनुभयो ।”

उहाँले, ‘एकोहोरो अध्यापनमा मात्रै केन्द्रीत रहँदा “मोनोटोनस” महसूस हुने र यस्ता गतिविधिहरूले “रिफ्रेस्मेन्ट” पनी दिने हुदाँ खेलकुद कार्यक्रमको आयोजन गरीएको बताउनुभयो ।’
कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक एवं प्रधानाध्यापक रमेश पनेरुले गर्नु भएको थियो भने, प्रमुख अतिथिका रूपमा प्रतिष्ठित चिकित्सक, मोडल एवं मिस्टर नेपाल-२०१९ का बिजेता सन्तोष उपाध्याय रहनु भएको थियो ।
त्यस्तै, विद्यालयका शैक्षिक कार्यक्रम संयोजक एवं अध्यापक नारायण कोइराला कार्यक्रमको विशेष अतिथिका रूपमा रहनुभएको थियो ।
लोयोला माध्यामिक विद्यालय


