Logo

विश्वकप फुटबल : नेदरल्याण्डलाई ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
दक्ष खबर

dakshya khabar २४ मंसिर २०७९, शनिबार ०७:२७ मा प्रकाशित

काठमाडौं,मंसिर २४ । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ ।

कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने, ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

तर, नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो ।

अर्जेन्टिना सेमिफाइनलमा

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार