काठमाडौं,पुस ७ । गोकर्णेश्वर नगरपालिकाद्वारा दोस्रो मेयर कप खुल्ला कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गोकर्णेश्वर नगरपालिका र युवा तथा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल वादो-रियो कराते संघको संयोजकत्वमा गोकर्णेश्वर नगरपालिका वडा – ६ स्थित लड्स लाइट एकेडेमीको प्रांगणमा आगामी ८ र ९ गते दोस्रो मेयर कप खुल्ला कराँते प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा ३५ जना अफिसियल रेफ्रि तथा निर्णायकहरू रहने छन् भने प्रतियोगितामा १२ वटा नगरपालिकाका ५५० जना खेलाडीहरूले कुमुते र काता विधामा कुल ३० स्वर्ण पदक का लागि खेल खेल्ने छन् ।
उक्त कार्यक्रमको समुद्घाटन काठमाडौं क्षेत्र-३ का संघिय संसद सन्तोष चालिसे ले गर्नुहुने भएको छ भने, कार्यक्रमको औपचारिक समापन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाले पुस ९ गते शनिबार दिउँसो २ बजे हुने कार्यक्रम संयोजक तथा गोकर्णेश्वर नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामाले जानकारी दिनुभयो ।
गोकर्णेश्वर नगरपालिका


