Logo

डिएभि इन्टर कलेज फुटसलको उपाधि विनायक सिद्ध कलेजलाई
दक्ष खबर

dakshya khabar २४ माघ २०७९, मंगलवार २०:५४ मा प्रकाशित

काठमाडाैँ । विनायक सिद्ध कलेजले डिएभि इन्टर कलेज फुटसल प्रतिययोगिताको उपाधि हात पारेको छ । काठमाडाैँ महानगरपालिका वडा-७ चावहिलमा रहेको विनायक सिद्ध कलेजले नगद रु ३,००,००० सहित ट्रफी हात पारेको हो ।

यो सँगै कलेजका खेलाडी अभिषेक तामाङ उत्कृष्ट गोलरक्षक र लाक्पा तामाङ उच्च गोलकर्ता भएका थिए । दुवै खेलाडीले रु‍ १५,००० नगद पुरस्कार समेत प्राप्त गरेका छन ।

‘नियमित पठनपाठन संगै कलेजले अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राखेको कलेजका प्रमुख राम कृष्ण सिंखडाले जानकारी दिनुभयो ।

त्यस्तै, फुटबल खेलाडीहरु नेपाल पुलिस क्लबका कप्तान तथा मिडफिल्डर हेम तामाङ, मछिन्द्र क्लबका रेजिन सुब्बा, पुलिस क्लबका रोशन खड्का, मानबहादुर तामाङ सँगै युवराज राई, मान बहादुर परियार, आदिल हमिद, उर्केन जाङ्मु शेर्पा, सुमित आले, प्रिती राई, गरिमा राई, मदन पाैडेल लगायत खेलाडीहरुको रोजाइमा पनि विनायक सिद्ध कलेज नै परेको छ ।

विनायक सिद्ध कलेज

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार