Logo

ग्रानडामाथि रियल मड्रिडको शानदार जित, ४–१ गोलको अन्तर

dakshya khabar ३१ बैशाख २०७८, शुक्रबार ०८:४४ मा प्रकाशित

काठमाडौं, वैशाख ३१ । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले ग्रानडामाथि ४–१ गोलको शानदार जित निकालेको छ ।

बिहीबार राति ग्रानडाको मैदानमा रियललाई जिताउन लुका मोड्रिक, रोड्रिगो,अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले समान एक–एक गोल गरे । ग्रानडाका जर्ज मालिनाले एक गोल फर्काए ।

खेलको १७ औँ मिनेटमा मोड्रिकले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा रोड्रिगोले गोल गरेपछि रियलले आफ्नो अग्रता दोब्बर बनायो ।

७१ औँ मिनेटमा मालिनाले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काउने प्रयास गरे । ७५ औँ मिनेटमा ओड्रिओजोलाले गोल गरेपछि रियलले ३–१ गोलको अग्रता बनायो । त्यसको एक मिनेट नबित्दै बेन्जेमाले गोल गर्दै रियललाई ४–१ गोलको जित दिलाए ।

जितसँगै ३६ खेलमा ७८ अङ्क जोड्दै रियल दोस्रो स्थानमा उक्लिएको छ । रियलले उपाधि आशा कायमै राखेको छ । रियल लिग लिडर एथ्लेटिको मड्रिडभन्दा दुई अङ्कले पछाडि छ ।

अब,एथ्लेटिकोले बाँकी दुई खेलमा निराशाजनक नतिजा ल्याएमा रियल उपाधि होडमा अब्बल रहनेछ ।

एथ्लेटिको ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने ७६ अङ्क भएको बार्सिलोना तेस्रो स्थानमा छ । ग्रानडा भने ४५ अङ्कका साथ दसौँ स्थानमा छ ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार