काठमाडौं, जेठ १ । नेपालमा आयोजना भएको पहिलो फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेसँगै काठमाडौं रेजर्सले ३५ लाख पाएको छ ।
शनिबार साँझ दशरथ रंगशालामा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो ।
खेलको २१औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाएका हुन् । उनको त्यही गोलले नै काठमाडौंले उपाधि जित्न सफल भएको छ ।

प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा काठमाडौं रेजर्सका मेसोके ओलोमोउ सर्वाधिक ८ गोलसहित सर्वाधिक गोलकर्ताको भएका छन् ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टिमले शुरूआतदेखि नै एक–अर्कालाई दबाबमा राखेका थिए ।

काठमाडौंका लागि २१औं मिनेटमा विकास श्रेष्ठले दिएको पासमा ओलोमोयुले गोल गर्दै अग्रता दिलाएका थिए ।
शुरूआती अग्रता लिए पनि काठमाडौंमाथि धनगढीले दबाब बनाइरह्यो । खेलको दोस्रो हाफमा धनगढीले थुप्रै पटक प्रयास गरे पनि गोलमा परिणत गर्न सकेन ।

Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9



