Logo

इटालियन लिग च्याम्पियन इन्टरमाथि युभेन्ट्सको जित

dakshya khabar २ जेष्ठ २०७८, आईतवार ०९:३५ मा प्रकाशित

एजेन्सी, जेठ २ । सिजनको ‘इटालियन सिरि ए’ को उपाधि जितेको इन्टर मिलानलाई युभेन्ट्सले पराजित गरेको छ ।

शनिबार भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै शीर्ष चारमा रहेर युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने आसा जीवितै राखेको छ ।

खेलको २४ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाए। ३३ मिनेटमा इन्टरका लुकाकुले पेनाल्टीमा गोल फर्काए ।

पहिलो हाफको तेस्रो मिनेटमा जु कार्ड्राडोले युभेन्ट्सका लागि दोस्रो गोल गरे । ८३ मिनेटमा युभेन्ट्सका चिलेनीले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । तर ८८ मिनेटमा काड्राडोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३-२ को अग्रता दिलाए ।

खेलमा युभेन्ट्सका बेन्टाकुलर ५५ मिनेटमा र इन्टरका ब्रोजोभिक दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

जितपछि अंक तालिकाको चौथो स्थानमा उक्लिएको युभेन्ट्सले अन्तिम खेलअघि ७५ अंक जोडेको छ । पाँचौ स्थानको नापोलीको दुई खेल बाँकी छदा ७३ अंक छ ।

उपाधि जितेको शीर्ष इन्टरको अन्तिम खेलअघि ८८ अंक छ । दोस्रो स्थानको एटलान्टाको ७८ अंक र दुई खेल्न बाँकी तेस्रो स्थानको एसी मिलानको ७५ अंक छ ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार