Logo

बार्सिलोना ला-लिगा फुटबलको उपाधिबाट बाहिरियो

dakshya khabar ३ जेष्ठ २०७८, सोमबार ०६:५० मा प्रकाशित

काठमाण्डाै, जेठ ३ । गएरातिको खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ ।

गएराति सेल्टा डी भिगोसँग २-१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो ।

२८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए ।

बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ ।

यस्तै शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ-आफ्ना खेल जितेसँगै उपाधिको टुंगो अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ । गएराति भएका खेलमा ओउसासुनालाई २-१ ले हरायो । यस्तै रियल मड्रिडले एट्लेटिको क्बललाई १-० गोलले हरायो । शीर्ष स्थानमा रहेको एट्लेटिका मड्रिडको ८३ अंक छ भने रियलको ८१ अंक छ ।

अन्तिम खेलमा एट्लेटिको पराजित भएमा या बराबरीमा रोकिएमा र रियल मड्रिड विजयी भएमा उपाधि रियलले लैजाने छ । तर रियलले बराबरी खेलेमा या पराजित भएमा उपाधि एट्लेटिकोको पक्षमा जाने छ ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार