काठमाडौं, जेठ ३ । स्पेनिस ला-लिगामा रियल म्याड्रिड एथ्लेटिक बिल्बाओमाथि १–० गोलको साघुँरो जित निकालेको छ ।

आइतबार राति बिल्बाओको मैदानमा रियललाई जिताउन नाचोले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८औँ मिनेटमा नाचोले गोल गर्दै रियललाई जिताए ।

खेल सकिन एक मिनेट बाँकी छँदा बिल्बाओ दस खेलाडीमा सीमित बनेको थियो । ८९ औँ मिनेटमा बिल्बाओका राउल गार्सियाले रातो कार्ड पाएका थिए ।
जितसँगै दोस्रो स्थानको रियलले ३७ खेलमा ८१ अङ्क जोडेको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग ८३ अङ्क छ ।

अब, अन्तिम खेलमा एथ्लेटिकोको निराशाजनक नतिजा आएको खण्डमा रियलले उपाधि जित्ने सम्भावना छ । तर जितलाई निरन्तरता दिएमा एथ्लेटिकोले उपाधि जित्ने छ ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9
लोकप्रिय समाचार



