Logo

नेपाली फुटबल टिम मे २५ मा इराक प्रस्थान गर्ने

dakshya khabar ५ जेष्ठ २०७८, बुधबार १७:५७ मा प्रकाशित

काठमाडौं,जेठ ५ । नेपाली फुटबल टिम मे २५ मा इराक प्रस्थान गर्ने भएको छन । यही मे २९ (जेठ १५ गते) हुने इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमइ राक प्रस्थान गर्ने भएका हुन ।

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोली र अफिसियल जेठ ११ गते कतार एयरलाइन्सको विशेष फ्लाइटबाट जाने जनाएको छ ।

नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बाँकी ४ खेल खेल्न कुवेत जाने छ । समूह बी मा रहेको नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी छ । यस अघि ५ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको थियो ।

प्रो–लाइसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेयता नेपालको राष्ट्रिय टिमले पहिलो पटक खेल्दैछ । उनले भविष्यलाई मध्यनजर गर्दै यस पटक युवा खेलाडीहरु समेट्दै २३ सदस्यीय टिम घोषणा गरिसकेका छन् । जसमा ६ जनाले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

नेपालले जुन ३ मा चाइनिज ताइपेईसँग खेल्नेछ भने जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टोली जुन १२ मा (जेठ २९ गते) स्वदेश फर्किने एन्फाले जनाएको छ ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार