काठमाडौँ,जेठ ६ । कोपा इटालियाको उपाधि युभेन्टसले जितेको छ । बुधबार राति भएको फाइनल खेलमामा अटलान्टालाई २–१ गोलले हराउँदै युभेन्टस उपाधि उचाल्न सफल भएको हो ।

युभेन्टसको जितमा डेजन कुलुभसेस्की र फेडेरिको चिसाले समान एक गोल गरे । अटलान्टाका रुस्लान मालिनोस्कीको गोल सान्त्वना बन्न पुग्यो ।

प्रतिस्पर्धात्मक फाइनल खेलको ३१ औं मिनेटमा डेजान कुलुभसेसकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा अटलान्टाले बराबरी गोल फर्कायो । मालिनोभ्स्कीले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । तर ७३ औं मिनेटमा फेडेरिको किएजाले युभेन्टसलाई पुनः अग्रता दिलाए ।

खेलको ८८ औं मिनेटमा रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि एटलान्टाका राफेल टोलोइले रातो कार्ड पाएका थिए । ८८औँ मिनेटमा राफेल टोलोयीले रातो कार्ड पाएपछि अटलान्टा दस खेलाडीमा सीमित बनेको थियो ।

यसअघि सेमिफाइनलमा युभेन्टसले इन्टर मिलानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने अटलान्टा नापोलीमाथि जित निकाल्दै फाइनल पुगेको थियो ।

Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9



