Logo

प्रत्येक दुई वर्षमा विश्वकप फुटबलको आयोजना गर्न प्रस्ताव

dakshya khabar ८ जेष्ठ २०७८, शनिबार २१:०२ मा प्रकाशित

काठमाडौं, जेठ ८ । विश्व फुटबलको सर्बोच्च निकाय(फिफा)ले विश्वकप फुटबलको आयोजना प्रत्येक दुई वर्षमा गर्ने प्रस्ताबमाथि सम्भाब्य अध्ययन गर्ने भएको छ । सऊदी अरेबिया फुटबल फेडेरेशन(साफ)ले फिफाको वार्षिक कँग्रेसमा उक्त प्रस्ताब ल्याएको हो ।

सम्भाब्य अध्ययनमा छनोट प्रतियोगिता समेत समेटिनेछ । साफका अध्यक्ष यासेल अल मिसेहलले फुटबलको भविष्य अत्यन्त आलोचनात्मक मोडमा पुगेको बताउनुभयो । फुटबलले सामना गरिरहेको थुप्रै मुद्दा महामारीले गर्दा अझै बढ्दो अवस्थामा छ ।

“खेलको स्वरुपमाथि पुनरावलोकन गर्नु जरुरी भएको छ, थोरै तर राष्ट्रिय टोलिको अर्थपूर्ण प्रतियोगिताले खेलाडीको हित समेत सम्बोधन गर्नेछ र यसले खेल र प्रतियोगिताको मूल्य मान्यता समेत बढाउनेछ ।”– उहाँले बताउनुभयो ।

सऊदी अरेबियाको उक्त प्रस्ताबमा १६६ राष्ट्रले समर्थन गरेको छ । २२ राष्ट्रले उक्त प्रस्ताबको बिपक्षमा मतदान गरेको हो । सन् १९३० मा पहिलो पटक पुरुष विधातर्फको विश्वकप फुटबल प्रतियोगिताको सुरुवात भएदेखि प्रत्येक चार वर्षको अन्तरालमा हुँदै आएको छ ।

सन् १९४२ र १९४६ मा भने दोस्रो विश्वयुद्धको कारण विश्वकप फुटबल स्थगित हुन पुगेको थियो । महिला विधातर्फको विश्वकप फुटबल सन् १९९१ बाट सुरु भएको हो ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार