गए राति भएको खेलमा घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोलको अन्तरले पराजित भएको हो ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे ।
कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।

नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।
खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।

तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरे ।




Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9
लोकप्रिय समाचार



