Logo

रोनाल्डोलाई सार्वजनिक गर्यो साउदी अरेबियाको क्लब अल नसरले
दक्ष खबर

dakshya khabar २० पुष २०७९, बुधबार १८:५१ मा प्रकाशित

काठमाडौं,पुस २० । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको क्लब अल नसरले हिजो साझँ सार्वजनिक गरेको छ । रोनाल्डोलाई घरेलु मैदान म्रसोल पार्कमा मंगलबार राति विशेष समारोहका बिच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै रोनाल्डोले,’आफुले युरोपमा सबै कुरा प्राप्त गरेको र यो नयाँ चुनौती भएको बताउदैँ आफुलाई अन्य थुप्रै राष्ट्रको क्लबले अफर गरेको भएपनि प्रतिस्पर्धात्मक लिग भएकाले साउदी आएको र यो आफ्नो अन्तिम लिग नभएको समेत बताए ।’

रोनाल्डोले अल नसर क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो २०२५ सम्म अल नसरमा रहने बताइएको छ । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै अल नसर आएका हुन् । रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए । पाँच पटकको बालेन डीओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए ।

क्रिस्टियानो रोनाल्डो

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार