Logo

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

dakshya khabar २९ बैशाख २०७८, बुधबार ०६:५५ मा प्रकाशित

काठमाडौँ,वैशाख २९ । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मङ्गलबार दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–१ गोलले पराजित भएसँगै सिटी लिग विजेता बनेको हो ।

पेप ग्वार्डीओलाको टोलीले ३५ खेलमा ८० अङ्क जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० अङ्कको अग्रता बनाएसँग उसले तीन खेलअगावै उपाधि जितेको हो ।

ओल्ड ट्राफोर्डमा लेस्टरको जितमा लुक थोमस र काग्लार सोयुन्चुले गोल गर्दा मेसन ग्रिनवुडको बराबरी गोलले अङ्क दिलाउन सकेन ।

खेलको दसौँ मिनेटमा थोमसले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । १५औँ मिनेटमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । ६६औँ मिनेटमा सोयुन्सुले गोल गरेपछि लेइस्टर २–१ गोलले विजयी भयो ।

सिटीले दुई साताअघि मात्र लिग कपको उपाधि जितेको थियो । अब, सिटीले यसै महिना च्याम्पियन्स लिगको फाइनल पनि खेल्दैछ । सिटीले च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस क्लब चेल्सीको सामना गर्ने छ ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार