Logo

लेष्टरले पहिलो पटक जित्यो एफए कपको उपाधि

dakshya khabar २ जेष्ठ २०७८, आईतवार ०७:१९ मा प्रकाशित

काठमाडौँ,जेठ २ । लेष्टर सिटीले क्लब इतिहासमा पहिलो पटक एफए कपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।

क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो । यसअघि चार पटक फाइनल पुगेपनि लेष्टरले उपाधि जित्न सकेको थिएन ।

गए राति वेम्बली स्टेडियममा भएको खेलमा लेइस्टरलाई उपाधि जिताउन युरी टियलमेन्सले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३औँ मिनेटमा युरीले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार