काठमाडौं । इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युरो कप २०२० खेल्ने पोर्चुगलको टोली घोषणा भएको छ ।
पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले आसन्न युरो कपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको २६ सदस्यीय टोली घोषणा गरिएको बताएका छन् ।
उनले टोलीमा भेट्रान र अनुभवी खेलाडीसँगै युवा खेलाडीलाई पनि समेटेको बताएका छन् । प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समावेश गरेको बताएका छन् ।

त्यसबाहेक टोलीमा जाओ क्यान्सेलो, रुबेन डियाज, ब्रुनो फर्नान्डेस, आन्द्रे सिल्भा, बर्नान्डो सिल्भा, डिएगो जोटा, जाओ फेलिक्सलगायत स्टार खेलाडीहरू रहेका छन् ।
‘पोर्चुगल हालको साविक ?विजेतासमेत हो । उसले सन् २०१६ मा फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर उपाधि जितेको थियो । पोर्चुगललाई यो सिजन पनि उपाधिको दाबेदार टोलीको रूपमा हेरिएको छ ।
Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9



