Logo

लिले ओएससीलाई फ्रेन्च लिग वानको उपाधि

dakshya khabar १० जेष्ठ २०७८, सोमबार १०:३० मा प्रकाशित

काठमाडौँ, जेठ १० । लिले ओएससीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । आइतबार राति आफ्नो अन्तिम खेलमा एन्जर्सलाई २–१ गोलले हराउँदै लिले उपाधि जितेको हो ।

एन्जर्सकै मैदानमा पाहुना टोलीको जितमा जोनाथन डेभिड र बुराक यिल्माजले एक–एक गोल गरे । एन्जर्सका एन्जेलो फुल्गिनीले एक गोल गरे ।

डेभिडले खेलको दसौँ मिनेटमा गोल गर्दै लिलेलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा यिल्माजले गोल गरेपछि लिलेले २–० गोलको अग्रता बनायो । खेलको इन्ज्युरी समयमा फुल्गिनीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गरे पनि त्यो पर्याप्त रहेन ।

यससँगै लिलेले अघिल्लो संस्करणको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई एक अङ्कले उछिन्दै उपाधि जित्यो । लिलेले ८३ अङ्कका साथ उपाधि जित्दा ८२ अङ्क भएको पिएसजी दोस्रो स्थानमा सीमित रह्यो ।

यस्तै उसले दस वर्षपछि लिग वानको उपाधि जित्यो । उसले सन् २०१०–११ को सिजन उपाधि जितेको थियो । उसको यो चौथो लिग वान उपाधि हो ।


Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार