काठमाडौं । युरोपियन फुटबल महासंघ (यूईएफए) ले चिर्चित फुटबल क्लबहरू युभेन्टस, बार्सिलोना र रियल मड्रिडलाई कारबाही गर्ने भएको छ ।
युरोपियन सुपल लिगमा संलग्न भएको भन्दै ती क्लबमाथि यूईएफएले कारबाही गर्ने बताएको छ ।
तीन क्लबसहित चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटेनहम, एट्लेटिको मड्रिड, इन्टर मिलान र एसी मिलान गरी युरोपका १२ क्लबले आफू संस्थापक रहने गरी संयुक्त विज्ञप्ति जारी गरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए । यसको निकै विरोध पनि भएको थियो ।
त्यसपछि संस्थापकमध्येका ९ क्लबले सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका थिए । १२ मध्ये ३ क्लवले आफ्नो नाम फिर्ता नलिएको भन्दै युभेन्टस, बार्सिलोना र रियल मड्रिडलाई कार्वाही गर्ने बताएको छ ।
यूईएफएको अनुशासन समितिले छानबिन गरी तीन क्लबमाथि कारबाही गर्ने भएको हो । नाम फिर्ता लिएका क्लबले भने यूईएफएका सबै प्रतियोगिता खेल्न पाउने छन् । तीन क्लबमाथि कस्तो कारबाही गर्ने भन्ने अझै खुलाइएको छैन ।
Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9



