Logo

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ
दक्ष खबर

dakshya khabar १७ भाद्र २०७९, शुक्रबार ०८:२० मा प्रकाशित

neb

काठमाडौं,भदौ १७ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले गत जेठ महिनामा सञ्चालन भएको कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार त्रुटि रहित नतिजा सार्वजनिक गर्न लागिएकाले केही दिन तलमाथि भएको बताएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

नतिजामा रहेका केहि त्रुटिहरू हेरिदै गरिएकोले आज बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डले जनाएको छ ।

यस बर्ष कक्षा १२ को परिक्षा जेठ १६ गतेदेखि २५ सम्म सञ्चाला गरिएको थियो भने, कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थीहरू सहभागी रहेका थिए ।

कक्षा १२ राष्ट्रिय परिक्षा बोर्ड

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार